घरेलु तथा साना उद्योग कार्यालय बझाङको आयोजनामा बुंगलमा २ महिने कम्प्युटर तालिम सुरु

Image

बझाङ। घरेलु तथा साना उद्योग कार्यालय बझाङको आयोजनामा बुंगल नगरपालिकामा २ महिने आधारभूत कम्प्युटर तालिम सुरु भएको छ। चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालनमा आएको यो तालिम बुंगल नगरपालिका-४ स्थित त्रिवेणी आदर्श बहुमुखी क्याम्पस, बिजगडामा आयोजना गरिएको हो।

तालिम उद्घाटन समारोहमा घरेलु तथा साना उद्योग कार्यालय बझाङका निमित्त प्रमुख दशरथ बहादुर जब्रेलको अध्यक्षता थियो भने प्रमुख अतिथिका रूपमा बुंगल नगरपालिका-५ का वडा अध्यक्ष नराजन कुँवर रहनुभयो। नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललित बहादुर सिंह विशेष अतिथिका रूपमा उपस्थित हुनुभयो।

तालिममा बुंगल नगरपालिकाका विभिन्न वडाबाट १६ जना सहभागी छन्। तालिमले सहभागीहरूलाई कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउने घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी दशरथ जब्रेलले बताउनुभयो । यो तालिमले विशेष गरी स्थानीय सहभागीहरुलाइ डिजिटल युगसँग परिचित गराई रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

बुंगल क्षेत्रका किशोर किशोरीहरुलाई प्रविधिमैत्री बनाउँदै उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो।

प्रतिक्रिया जनाउनुहाेस्