बझाङ ।केदारस्युँ गाउँपालिकामा संकलन केन्द्र निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाको समन्वयमा दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत वडा नं। ३ र ८ मा संकलन केन्द्र निर्माण कार्य सम्पन्न भएको छ।
कृषकहरूले उत्पादन गरेको कृषि उपजको बजारिकरणमा सहजीकरण गर्ने उद्देश्यले निर्माण गरिएको यस संकलन केन्द्रले किसानहरूको लागि ठूलो सहयोग पुर्याएको छ। उत्पादनलाई केही समय 1 / 2 दिन सुरक्षित रूपमा राख्न मिल्ने स्थानको अभाव भइरहेका बेला, यस केन्द्रले किसानहरूको समस्याको समाधान गरेको छ।
वडा नं। ८ का वडाध्यक्ष सुरेश बहादुर जेठाराले यो संकलन केन्द्रले किसानहरूले आफ्नो उत्पादन सहज रूपमा राख्न सक्ने स्थान उपलब्ध गराएको र बजारिकरणको समस्यालाई धेरै हदसम्म समाधान गर्न सफल भएको बताए। उनले यो केन्द्रले कृषकहरूको आय आर्जनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास पनि व्यक्त गरेका छन्।यो संकलन केन्द्र स्थानीय कृषकहरूको लागि महत्वपूर्ण सुविधा बन्ने अपेक्षा गरिएको छ।
























