केदारस्युँ गाउँपालिकामा ४ दिने कृषि तालिम सम्पन्न 

Image

बझाङ । केदारस्यु गाउँपालिका–२, ३, ६, ७ र ८ का १५ जना कृषकलाई लक्षित गरी आयोजित ४ दिने कृषि सम्बन्धी तालिम हिजो सम्पन्न भएको छ। पौष ३ गतेदेखि सुरु भएको यो तालिम केदारस्यु गाउँपालिकाको देउरामा सम्पन्न भएको हो।

दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा, तथा केदारस्यु गाउँपालिकाको समन्वयमा पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत आयोजित यो तालिमले स्थानीय स्रोत व्यक्ति विकास गर्ने उद्देश्य लिएको छ। दलित सहयोग समाजका फिल्ड अधिकृत किरण थापाले तालिमबारे जानकारी दिँदै, तालिमपछि स्थानीय स्रोत व्यक्तिहरूले गाउँमा प्रदर्शन प्लटमार्फत सिकाइका गतिविधि सञ्चालन गर्ने र ती प्लटलाई सिकाइ केन्द्रको रूपमा विकास गरिने विश्वास व्यक्त गर्नुभयो।

तालिमको समापन कार्यक्रममा केदारस्यु गाउँपालिकाका कृषि अधिकृत उपेन्द्र मल्लले स्थानीय कृषि क्षेत्रमा यस तालिमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै कृषकहरूलाई कृषि पेशालाई व्यावसायिकरणतर्फ अघि बढ्न प्रेरित गर्नुभयो। सहभागी विरबल बोहराले यो तालिमले आफूलाई काम गर्ने हौसला र इच्छाशक्ति बढाएको बताउँदै, कार्यक्रमका आयोजक दलित सहयोग समाज, केदारस्यु गाउँपालिका, र वर्ल्ड भिजन इन्टरनेशनल नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो। यस तालिमबाट कृषकहरूको उत्पादन क्षमता अभिवृद्धि गरी उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्