बझाङ । बझाङको बुंगल नगरपालिका–४, बिजगडामा सञ्चालित त्रिवेणी आदर्श बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०८१/८२ का लागि दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। क्याम्पसको अक्षयकोष बाट प्रदान गरिने छात्रवृत्ति विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई लक्षित गरिएको क्याम्पस प्रमुख डम्बर बहादुर कार्कीले बताउनुभयो ।
क्याम्पसले आइतबार एक सूचना जारी गर्दै इच्छुक विद्यार्थीहरूलाई आवेदन दिन आह्वान गरेको छ । इच्छुक विद्यार्थीहरूले १५ दिन भित्र क्याम्पस प्रशासनमा आवेदन दिन सक्नेछन्। छात्रवृत्तिका लागि विएड प्रथम वर्षमा अनिवार्य रूपमा उत्तीर्ण भएको हुनुपर्ने र आर्थिक रूपमा विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई प्राथमिकता दिइनेछ।
क्याम्पस प्रमुख कार्कीका अनुसार, यो छात्रवृत्तिले आर्थिक कठिनाइका कारण पढाइमा अवरोध भोगिरहेका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने र प्रतिभावान विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।