आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस

Image

काठमाण्डाै – आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस । मानव बेचबिखन तथा ओसारपसारको अन्त्य, सुसंस्कृत सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य’ भन्ने मुल नाराका साथ याे दिवस मनाउँदैछ ।२०६३ साल भदौ २० गते प्रतिनिधि सभाले अनुमोदन गरेको सम्झनामा यो दिवस मनाइँदै आएको छ । गरिबी र अशिक्षाको फाइदा उठाएर मानव बेचबिखनमा संलग्न गिराेहहरु सक्रीय भइरहेको अवस्थामा  यसको रोकथामको लागि शिक्षामा लगानी गर्नुपर्नेमा सराेकारवालाहरु बताउदै आएका छन ।

मानव बेचबिखन र ओसारपसार व्यक्ति, परिवार, समुदाय र देशभित्रको मात्रै नभई विश्वव्यापी समस्या भएको छ । नेपालले पनि कानुनी रुपमा मानव बेचबिखनलाई जघन्य अपराधको रुपमा व्याख्या गरेको छ । कोरोना महामारीकै बीचमा बेचबिखनका क्रममा भारत पुर्‍याइएका २१ जना महिलाको उद्धार भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्