बुंगल नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

Image

बझाङ ; बुंगल नगरपालिकाले आज मंसिर २० गते, २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। बुंगल नगरपालिकाको बिजगडा स्थित खिरातडी स्वास्थ्य चौकीमा नगरपालिकाका ५ वटै स्वास्थ्य चौकीहरूमार्फत यो दिवस मनाइएको हो।

कार्यक्रमको आयोजना बुंगल नगरपालिका स्वास्थ्य शाखाले गरेको थियो। दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम, हाजिरीजवाफ प्रतियोगिता, र स्वास्थ्य सम्बन्धी सन्देश बोकेका प्लेकार्ड प्रदर्शनी गरिएको बुंगल नगरपालिका स्वास्थ्य शाखाका संयोजक कलक बोहराले बताउनुभयो । यसैगरी, स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानस सहित स्वास्थ्य चौकीअनुसार फरक–फरक कार्यक्रमहरू गराइएको संयोजक बोहराले बताउनुभयो दिवसमा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। यो कार्यक्रमले स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदानको सम्मान गर्दै, समुदायमा स्वास्थ्य सचेतना बढाउने उद्देश्य बोकेको छ।

प्रतिक्रिया जनाउनुहाेस्