माघसम्म स्थिति सहज भए २०७८ मै जनगणना हुने

Image

काठमाडौं  माघसम्म स्थिति सहज भए २०७८ मै जनगणना हुने भएको छ । नेपालमा वि.सं. १९६८ देखि छ । नगणनाको सुरुवात भएके हो । हरेक दश बर्षामा जनगणना हुदै आएको छ । तर नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण आगामी वर्ष होला कि नहोला भन्ने दुविधा रहेको छ । प्रत्येक घरमा पुगेर गरिने वास्तविक गणना भएकाले महामारीका बेला जनगणना सम्भव छैन । १२ औं जनगणनाका लागि २०७८ जेठ २५ देखि असार ८ गतेको मिति निर्धारण गरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ मा सोधिने प्रश्नावली सोमबार राजपत्रमा प्रकाशित भएको छ । मन्त्रिपरिषदबाट स्विकृत प्रश्नावली छाप्नका लागि तथ्यांक विभागले टेन्डर आह्वान गरिसकेको छ । आगामी माघमा ‘प्रशिक्षक तालिम’ सञ्चालन गर्ने र त्यसपछि प्रशिक्षकहरूले प्रदेश र स्थानीय तहमा तालिम दिन्छन् । गणकहरूलाई बैशाखमा तालिम सञ्चालन गर्ने विभागको तयारी रहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो । कोरोना महामारीका बीच विभागले जनगणनाको तयारीलाई तीव्रता दिएको छ । ६–७ महिनामा मात्रै समय बाँकी भएकाले निषेधाज्ञाबीच तयारीमा लागेका र माघ महिना सम्म स्थिति सहज बने निर्धारित मितिमै जनगणना सम्पन्न गर्ने महानिर्देशक श्रेष्ठको भनाई छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन