निजी स्रोतका शिक्षकहरुले लामो समय सम्म पनि तलब नपाएको भन्दै नगरपालिकालाई ज्ञापन पत्र

Image

बझाङ ; बुंगल नगरपालिका भित्रका निजी स्रोतका शिक्षकहरुले लामो समय सम्म पनि तलब नपाएको भन्दै बुंगल नगर शिक्षक महासंघले बुंगल नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरुले २ बर्ष देखि तलब पाएका छैनन् । महासंघले निजी स्रोतका शिक्षकहरुको तलब न्युन भएको र त्यही तलब पनि लामो समय सम्म पनि निकासा नभएकोमा बुंगल नगरकार्यपालिकाको गत असार ६ गतेको निर्णय अनुसार एक मुष्ट भुक्तिानी गर्नका लागि माग गरेको छ । महासंघले आइतबार ज्ञापन पत्र बुझाउदै , नगर शिक्षा ऐन नियमावली र कार्यबिधि बनाई सेवाका आधारमा नगर शिक्षक नियुक्त गर्न पनि अनुरोध गरेको शिक्षक महासघं अध्यक्ष नमेश ब. सिंहले बताउनुभयो । त्यस्तै महासंघले विद्यालय कर्मचारी बालकक्षाको स्थानिय थप तलब २०८१ साल वैशाख देखि हाल सम्म निकाशा नभएकोले यथाशिघ्र उपलब्ध गरि दिनहुन र अब उपरान्त त्रैमासिक रुपमा भुक्तानी गर्न हुन अनुरोध गरीएको छ । बुंगल नगरपालिकाका शिक्षा शाखा प्रमुख देवराज जोशीका अनुसार अब निजि स्रोतका शिक्षकहरुको ३५ लाख निकासाहुन बाकी रहेको र बाल कक्षा विद्यालय कर्मचारीको थप तलब ८० हजार निकासा हुन बाकी रहेको बताउनुभयो । नगर प्रमुख जय बहादुर धामीले ज्ञापन पत्र बुझ्दै शिर्षकमा बजेट भएपनि मन्त्रालय बाए बजेट नपठाएको कारण शिक्षकहरुको बाकी रहेको तलब भत्ता भुक्तानी हुन नसकेको र अब हिउँदे अधिवेशन बाट शिर्षक परिवर्तन गरेर भएपनि तलब निकासा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्