पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने पक्राउ

Image

काठमाडौं  बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा खिचिएको एक भिडीयो निकै भाईरल भयो । एक हातमा क्यामेरा बोकेको र अर्कोहातले ढुङगा हान्दै गरेको भिडीयो भाईरल भए पछि सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी भए । कतिले तुरुन्तै कारवाहि गर्नुपर्ने बताए भने कतिपएले पत्रकार विरुद्ध निकै गालीका शब्द बर्षाए ।

भिडीयोमा देखिएको प्रेस लेखेको रातो ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीलाई ढुंगा हान्ने युवकलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जन रहेका छन । महर्जन कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । प्रहरीले बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई ढुंगा मुढा गर्ने १३ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्