अर्थमन्त्री खतिवडाले दिए राजीनामा, को बन्ला अर्थमन्त्री ?

Image

काठमाडौं- अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रालय सम्हाली रहनु भएका डा. युवराज खतिवडाले राजीनामा दिएका छन । मन्त्री खतिवडाले मन्त्री नियुक्त भएको ६ महिना नपुग्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् । संसद सदस्य नरहेको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था भए अनुरुप खतिवडाले राजिनामा दिएको स्रोतको भनाई छ । मन्त्री खतिवडा अर्थ शुक्रबार मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा सहभागी भएका थिए ।

मन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको प्रतितिक्रिया दिएका छन् । मन्त्री खतिवडाले आफूले जग बसालेर छाडेको र त्यसलाई निरन्तरता दिने जिम्मेवारी कर्मचारीमा समेत रहेको धारणा राखेका थिए । तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा सेक्युरिटि प्रिन्टिङ प्रेस खरिदमा विवादित भए पछि २०७६ फागुन ८ गतेदेखि उक्त मन्त्रालय पनि खतिवडाले सम्हाल्दै आएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन