सुर्मा गाउँपालिका– ४ को वडाध्यक्षका लागि तीन दलको मनोनयन दर्ता

Image

बझाङ । आगामी उपनिर्वाचनका लागि बझाङको सुर्मा गाउँपालिका– ४, वडा अध्यक्ष पदमा तीन दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । वडा अध्यक्ष पदमा कांग्रेसबाट धिरेन्द्र पुजारा, एमालेका लखिचन्द्र बोहरा र माओवादी केन्द्रका पुष्कर बोहराले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

गत निर्वाचनमा विजयी एमालेका सर्जन बोहराको मृत्यु भएपछि यस वडामा उपनिर्वाचन हुन लागेको हो । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारले ६ सय २९ मत ल्याएर विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ६ सय ४ मत ल्याएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्