बुंगल नगरपालिकामा भएको दुईदिने निशुल्क स्वास्थ्य शिविरमा १ सय ८४ जनाले सेवा लिए

Image

बझाङ । बुंगल नगरपालिकामा हिजो र आज दुईदिन भएको निशुल्क महिला स्वास्थ शिविरमा १ सय ८४ जना बिरामीले सेवा लिएका छन् । हिजो एक सय ६ जना बिरामीले सेवा लिएकोमा आज थप ७८ जना गरी जम्मा १ सय ८४ जना विरामीले सेवा लिएका छन् । बुंगल नगरपालिका र दलित सहयोग समाज, समान व्यवहार परियोजनाको संयुक्त आयोजनामा मंसिर १ गते हिजो बाट शुरु भएको निशुल्क महिला स्वास्थ्य शिवीर आज सम्पन्न भएको हो ।

बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीको प्रमुख आथित्यमा सञ्चालन भएको स्वास्थ्य शिविरमा जिल्ला अस्पताल बझाङका स्त्रीरोग बिषेशज्ञ डाक्टर नवराज जोशीले विरामीहरुको उपचार गर्नुभएको छ । बुंगल नगरपालिका ४ स्थित खिरातडी स्वास्थ्य चौकीमा भएको उक्त शिबिरमा स्त्रीरोग बिषेशज्ञ डाक्टर जोशीले शनिबार र आइतबार दुक्ष् दिन महिलाहरुको तल्लो पेट सम्बन्धि रोग , पाठेघरको मुखको क्यानसरको चेकजाँच तथा स्तनमा गाँठागुठि, यौनि चिलाउने, महिनावारी गढबढी ,आङ खस्ने, पाठेघर खसेका महिलाहरुको निशुल्क स्वास्थ्य परीक्षण,परामर्श र पाठेघर क्यान्सर सम्बन्धि प्रारम्भिक चेकजाँच गरि निःशुल्क औषधिपनि वितरण गरिएको बुंगल नगरपालिका स्वास्थ्य शाखा प्रमुख कलक बहादुर बोहराले जानकारी दिनुभयो ।

शिविरमा उपचार गर्न आएकी एक महिलाको पेटमा नै बच्चा मृत देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको थियो । आज पनि पाटेघर क्यान्सर भएको हुनसक्ने एक महिला फेला परेकी र उहाँलाई थप चेकजाँच गर्नु सुझाब दिइएको बताइएको छ। पालिकामै स्त्रीरोग बिषेशज्ञ डाक्टरबाट उपचार गराउन पाउँदा सेवाग्राही खुशी भएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन