आर्थिक अभावका कारण उपचारमा समस्या,,सहयोगको लगी अपिल

धुर्ब बहादुर बिस्ट
रेडियो सेरोफेरो ९०.२ बुङगल

 

बझाङको बुङगल नगरपालीका वडा न ९ तम्तोलीका का विसाल पातली मुटुको रोगका कारण अहिले जिवन र मरणको अबस्थामा छन् ।
लामो समयको मुटुको रोगका कारण थला पेरका पातली नेपालका धेरै अस्पतालमा उपचार गराई निको नहुदा उपचारकै लागी अहिले भारतको बङलोर पुगेका छन । बिगत ६÷७ वर्ष पहिले मुटुको बाँया भल्बमा प्वाल पर्दा उहाँले स्थानीय स्तरका सबै स्वास्थ्य संस्था लगायत जिल्ला अस्पताल बझाङ,उपक्षत्रीय अस्पताल प्राली डडेल्धुरा,कैलालीको सेती प्रदेशिक अस्पताल लगायत काठमान्डौको गङ्गलाल हृदय रोक केन्द बाँसवारी मा पनि उपचार गराएको थियो ,आफनो जायजेथाले भायसम्म नेपालमा केही उपचार नहुदा उनि भारतको छिमेकि जिल्ला पिथौरागडमा समेत उपचार गराउन पुगेका थिय ।
उपचारको सिलसिला निरन्तर रहये तर उपचार भने कहि कतै पनि भएन जहाँ गएपनि औषधि दिएप पठाउथे उहाँले बताएका छन् । काठमान्डौको गङ्गलाल हृदय रोक केन्द बाँसवारीमा भने पहिला सामान्य पाईप राखेर उपचार गरीएको थियो अस्पतालले अहिले सामान्य अप्रेशन भएको छ पछि ठुलो अप्रेशन गर्नुपर्ने सुझाव दिदै नियमित औषधि सेवन गर्नको लागी औषधि दिएर पठाएको थियो ।
करीव पाँच वर्ष लामो समय उत्त अस्पातालको औषधि सेवन गर्दै आएका पातलीको अहिले अबस्ता बिग्रदै गयपछी उनि थप उपचारको लागी भारतको बङ्लोर सहर पुगेका छन । भारतमा अहिले उनि आफना दाई दिपक पातली संग बसेका छन् अहिले उनले बङलोरको थाघट मुटु उपचार सेन्टर मा उपचार भैरहेको छ ।
अस्पतालका अनुसार उहाँको मुटुको भल्बको तत्काल अप्रेशन गर्नुपर्ने बताएको छ,भने अप्रेसनको लागी करीव ६÷७ लाख लाख नेपाली रुपया लाग्ने भएको छ ।
गरीब परीवारका पातलीले आफनो सबै सम्पती पहिले उपचारमा नै सकाय पछि अहिले अप्रेसनको लागी रकम जोडजाम गर्न सकेको अबस्था नहुदा उहाँले सहयोगको लागी अपिल गरेका छन् । (मलाई बच्न मन छ म बाँच्न चाहान्छु) यहाँले गरेको सानो सानो सहयोगले मेरो प्राण बच्दैछ ,कृपया सहयोग गर्दीन अपिल गर्दछु उहाँले दुःख व्यत्तगरेका छन ्।
उहाँले आफुलाई सहयोग गर्न चहाने प्रत्येक व्यत्तिले उहाँकी आमा को फोन नम्बर ९८६९९१७५०० अर्थात वसाल पातलीको नमामा कृर्षि बिकास बैक मा रहेको खात ०८२६५०५४२८४८४०११ जम्मा गरी सहयोग गरीदिन अनुरोध गर्नु भएको छ ।

 

Hohel Kananga
Loading...