बिद्धुत र इन्टरनेट सेवा अबरुद्ध हुँदा बिराबगर बाट सेवा दिदै बुंगल नगरपालिका

Image

बझाङ । निरन्तरको बर्षाका कारण बुंगल नगरपालिकामा बिद्धुत  र इन्टरनेट सेवा अबरुद्ध भएपछि बुंगल नगरपालिकाले कांलगा हाइड्रोपावरको कार्यालय बिराबगर बाट सेवा दिइरहेको छ ।

आर्थिक बर्षको अन्तमा भोलि साेमवार मध्यरातिदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएपछि नगरपालिकाले सेवाग्राहीका कामहरु रोकिन नदिनका लागि नगरपालिकाले बिराबगर बाट सेवा दिइरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुवरले जानकारी दिनुभयो ।

बर्षाका कारण इन्टरनेट र बिद्धुत अबरुद्ध भएको र नगरपालिकाको सोलार सिस्टममा पनि लामो समय घाम नलाग्दा सोलार डाउन भएपछि नागरिकका सेवा प्रवाहमा समस्या भएको हो। सदरमुकाम आएर काम गर्न पनि सडक अबरुद्ध छ । जसका बाबजुद पनि बुंगल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश कुंवर लगाएत नगरपालिकाको टिमले कालंगा हाइड्रोपावर विराबगरमा गएर राति पनि काम गरिरहेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गरिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

भोलि रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुने भएकाले जनताले काम गरेको बजेट फ्रिज नहोस् भनेर राति पनि काम गरिरहेको अधिकृत कुंवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन