बुङ्गल नगरपालिकाले ल्यायो ६८ करोड ५८ लाख बढी बजेट ,कृषि क्षेत्र प्राथमिकतामा !

Image
oplus_0

बझाङ । बझाङको बुङ्गल नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि ६८ करोड ५८ लाख १३ हजार  बराबरको बजेट ल्याएको छ । सोमबार बसेको १५ औँ नगरसभामा नगरप्रमुख  जय बहादुर धामीले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले अधिकांश रुपमा विगतकै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । जसमा कृषि,पर्यटन र पूर्वाधार शिक्षा ,स्वस्थ्य लाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट तयार पारेको नगर प्रमुख धामीले बताउनुभयो ।

यस्तै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नको लागि युवायुवतीहरुका लागि सिपमुलक तालिम कार्यक्रम सञ्चालन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ , भने नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरु त्रिवेणी बाइसधार तिर्थस्थल ,बड्डी ज्यावन ,थान पाटन, धउलाढुङ्गा , पुरुमचुली खोल्लेक बजेश्वरी , डोलारी क्षेत्रलाई पनि संरक्षण संम्बद्धन तथा प्रचार प्रचारमा पनि निरन्तरता दिने भएको छ ।

साथै यहीँ आर्थिक बर्षमा “घरघरमा भकारी टोलटोलमा सहकारी ” भन्ने नाराका साथ नगरपालिका भित्रक प्रत्यक वडाहरुमा कम्तीमा एक वटा सहकारी संस्थाको स्थापना गरीने निति ल्याइने निती तथा कार्यक्रममा सामावेश गरीएको छ ।

यस्तै विभिन्न रोगहरु संग सामाना गर्नका लागि नगरपालिकामा १५ सैयाको अस्पताललाई निरन्तरता दिदै आवस्यक कार्यक्रम ल्याईने उल्लेख गरिएको छ ।

यस्तै युवा खेलकुदका कार्यक्रमहरु सञ्चालन गरि खेलकुदका लागि दक्ष जनशक्ति उत्पादन गर्ने र नगर भित्रका निर्माणधिन सडक र निर्माण भएका सडकहरुको स्तरउन्नती गरि बाह्रै महिना संञ्चालनमा ल्याईने उल्लेख गरिएको छ । यसैगरी नगरपालिका भित्र इन्टरनेट सेवालाई सुदृढीकरण गर्न समन्वय पहल गरिने भएको छ । कर्मचारीलाई कार्यसम्पादनमा आधारित दण्ड र पुरस्कारको निती अवल्म्बन गरीने जनाएको छ ।

नगरपालिकाले आगामी आर्थिक बर्षमा पनि बहुक्षेत्रीय पोषण कार्यक्रमलाई पनि नयाँ ढंगबाट प्रभावकारी रुपमा अगाडि बढाउने समेत उल्लेख गरिएको छ । नगरपालिकाले आर्थिक विकास, सामाजिक क्षेत्र, सांस्कृतिक तथा पर्यटन क्षेत्र, वातावरण संरक्षण लगायतका क्षेत्रमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरेकोे छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन