शैक्षिक सुधारका लागि बुंगल नगरपालिकाका १३ विद्यालय मर्ज , ११ विद्यालयको तह घटाइयो !

Image
बुंगल नगरपालिका

सुरेश धामी  ,बझाङ। बुंगल नगरपालिकामा सञ्चालित १३ वटा सामुदायिक विद्यालयहरू मर्ज गरिएको छ । नगरपालिकाले शैक्षिक सुधारका लागि बैशाख ३० गते कार्यपालिकाको बैठकबाट निर्णय गर्दै यही शैक्षिक सत्रबाट लागुहुने गरी नगरपालिका भित्रका १३ वटा विद्यालय मर्ज तथा समायोजन गरेको छ भने ११ वटा विद्यालयमा डाउन साइज अर्थात तह घटाइएको छ ।

कम विद्यार्थी शैक्षिक गुणस्तर नभएका भौगोलिक दूरी पनि नजिकै रहेका विद्यालयलाई मर्ज तथा तह मिलान गरिएको हो । भौगोलिक दूरी नजिक भएको र कम विद्यार्थी संख्या भएको आधारमा बुंगल नगरपालिका –१ भित्र रहेका सुल्जन आधारभुत विद्यालय भेरगडासंगम आधारभुत विद्यालय डलानलाई मर्ज गर्दै महेन्द्र माध्यामिक विद्यालय दहबगरमा समायोजन गरिएको छ । बुंगल नगरपालिका –३ मा रहेको हिमालय आधारभुत विद्यालय लाई रत्न माध्यामिक विद्यालय खोल्लेकमा समायोजन गरिएको छ ।

बुंगल नगरपालिका कै बाल नमुना आधारभुत विद्यालय र भवानी आधारभुत विद्यालयलाई हरिचन्द्र आधारभुत विद्यालय जुकेपानीमा मर्ज गरिएको छ । पशुपति आधारभुत विद्यालय बुंगल नगरपालिका– ६ बातीलाई कन्या माध्यामिक विद्यालय झापामा समायोजन गरिएको हो । डाडाबाघ आधारभुत विद्यालय बुङ्गल नगरपालिका –८ लाई नवयुग आधारभुत विद्यालयमा ,जनजागृति आ.वि बुंगल नगरपालिका –९ देउलीकोट लाई केदार मावि देउलिकोटमा जनप्रिय आ.वि बुंङ्गल नगरपालिका –११ भैसेन्नीलाई शिव मावि बुंगल नगरपालिका– ११ पातलमा मर्ज गरिएको बुंगल नगरपालिकाका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत देवराज जोशीले जानकारी दिनुभयो । यसैगरी समैजी बालविकास केन्द्र बुंगल –५ लाई महादेव आ.वि बुङ्गल –५ गुरीमा ,शिर्जनशिल बालबिकास केन्द्र बुंगल –६ लाई महेन्द्र आ.वि बुंगल नगरपालिका –६ हापेखोलामा ,भजानी बालविकास केन्द्र बुंगल नगरपालिका –२ लौनेलाई बाह्रदेव आ.वि बुंगल नगरपालिका –२ रैसेल्लीमा र भवानी आधारभुत विद्यालय बुंगल नगरपालिका –६ दहनाबगरलाई डाडाँबाघ आधारभुत विद्यालय बुंगल नगरपालिका –६ पथरकोटमा समायोजन गरिएको शिक्षा अधिकृत जोशीको भनाई छ ।

भौगाेलिक दूरी नजिक भएका र विद्यार्थी संख्या कम भएका आधारमा कक्षा १–५ सम्मका अन्य ११ विद्यालयको तह घटाएर कक्षा १–३ सम्ममात्रै पढाई सञ्चालन गरिने भएको छ । अघिल्लो शैक्षिक सत्र देखी बिभिन्न समयमा विद्यालयमा गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले बिभिन्न नणिर्य गर्दै शिक्षकहरू र सरोकारवाला सँग परार्मश गरी विद्यालय मर्ज तथा विद्यालयहरूको तह मिलान गरिएको बुंगल नगरपालिकाका नगर प्रमुख जयबहादुर धामीले बताउनुभयो । मर्ज गरिएका विद्यार्थी संख्या न्यून रहेका चारवटा विद्यालयमा बालविकास कक्षा रहने र एक विद्यालयमा ईसिडी कक्षा सञ्चालन गर्नेगरी कार्य अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । बुंगल नगरपालिकाको यो नणिर्य अन्य पालिकामा पनि सिकाईको रुपमा रहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्