बुंगल नगरपालिका–८ मा सुनौंला हजारदिनका आमाहरूको लागी बहुक्षेत्रीय पोषण तालिम शुरु 

Image

बझाङ । बुंगल नगरपालिका–८ मा सुनौला हजार दिनका आमाहरूको लागि बहुक्षेत्रीय पोषण तालिम शुरु भएको छ । चालु आर्थिक वर्षको वार्षिक योजना अन्तरगत सुदूरपश्चिम प्रदेश सरकारको विशेष अनुदानमा तथा बुंगल नगरपालिकाको आयोजनामा बुंगल नगरपालिका वडा नं ८ ऐडीगाउँ टोलका सुनौला हजार दिनका आमाहरूको लागि दुई दिने तालिम आज सोमबार देखि शुरु भएको बुंगल नगरपालिकाका पोषण सहजकर्ता जगदिश जोशीले जानकारी दिनुभयो ।

नगरपालिकाले बालबालिकाको कुपोषणको अवस्था हेरी नगरपालिकाका तीन वडामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरेको छ । कार्यक्रम लागू भएका वडाहरूमा सुनौला हजार दिनका आमाहरूलाई तालिम दिइन लागिएको उहाँले बताउनुभयो । नगरपालिकाले  वढी बालबालिका कुपोषित देखिने गरेको भन्दै बुंगल नगरपालिकाको वडा नं १ को काटै, दल्कोट, डलान, र दह टोल छनोट गरिएका छन् भने वडा नं २ को सन्काट्टेरैसेल्ली रैसेल्ली टोल छनोट गरिएको र केहिदिनमै बहुक्षेत्रीय पोषण तालिम दिइने भएको छ ।

यस अघि पनि तीनवटै वडामा पोषणको मात्रा कम देखिएका टोलहरूमा स्वास्थ्य स्वयंसेवीका र स्वास्थ्यकर्मी मार्फत पोषण लेखाजोखा कार्यक्रम सञ्चालन गरिएको थियो । छनोट भएका टोलहरूमा पोषण मैत्री नमुना टोल समिति गठन गरी सुनौला हजार दिनका आमाहरूको समुह बनाएर ,सुनौला हजार दिनको आमाहरू ,कुपोषित बालबालिकाका आमाहरू सँगै आवश्यकताको आधारमा अति विपन्न २ वर्ष भित्रका बालबालिकाको आमाहरूलाई तालिम दिइन लागिएको हो ।

ऐडी गाउँमा सुरु भएको तालिममा २५ जनाभन्दा धेरै आमाहरू सहभागी रहेका छन् । तालिममा पोषण कुपोषण लगायतका बारेमा जानकारी गराउनुका साथै जिविकोपार्जनको र करेसाबारीको बारेमा जानकारी गराइने मुख्य प्रशिक्षक देवराज जोशीको भनाई छ । बुंगल नगरपालिकाको ऐडी गाउँमा आज डा नं ८ का अध्यक्ष लोकेन्द्र बहादुर जाग्रीको अध्यक्षतामा सुरु भएको तालिममा बुंगल नगरपालिकाका नगरप्रमुख जयबहादुर धामी प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा बुंगल नगरपालिकाका उपप्रमुख धन बहादुर बाेहरा विषेश  अतिथी वडा नं ११ का वडा अध्यक्ष लोकराज जोशी रहनु भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन