बुंगल नगरपालिकामा विद्यालयको अनुगमन तिव्र, तीस विद्यालयका ५६ शिक्षक अनुपस्थित भेटिए!

Image
तस्विर ; सरस्वती माध्यामिक विद्यालय बिजगडा

सुरेश धामी,बझाङ ।  बझाङको बुंगल नगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको जानकारी लिन सामुदायिक विद्यालयमा अनुगमन तिव्र पारेको छ । नगरपालिकाले नयाँ शैक्षिक सत्रको सुरुवातमै नगरपालिका भित्रका सबै तहका विभिन्न विद्यालयमा अनुगमन गर्न थालेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश कुवर, शिक्षा अधिकृत देवराज जोशी लगायतको टोलीले नगरपालिका भित्रका विभिन्न विद्यालयको अनुगमन गरेको छ । केहिदिन अघि मात्रै बुंगल नगरपालिकाका भित्रका ३० वटा विद्यालयको अनुगमन गरिएको हो । अनुगमनका क्रममा विद्यालयहरूको भौतिक अवस्था, आर्थिक पारदर्शिता, शिक्षण सिकाइको अवस्था, शिक्षक विद्यार्थीहरूको उपस्थिति र पठनपाठन लगायत विषयमा जानकारी लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश कुवरले बताउनुभयो। अनुगमनका क्रममा धेरै जसो विद्यालयमा शिक्षकहरू अनुपस्थित हुने गरेको ,एकै पटक धेरै दिनको हाजिरी लगाउने गरेको लगायतका समस्याहरू भेटिएका छन् । अहिले सम्म जम्मा तीस वटा विद्यालयको अनुगमन गरिएकोमा तीस वटा विद्यालयका ५६ जना शिक्षक विद्यालयमा अनुपस्थित भेटिएका छन् ।

नगरपालिकाले अनुपस्थित शिक्षकहरूको हाजिरी काटेर सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई बैशाख २६ गते स्पष्टीकरण सोधी आवश्यक कारबाही अगाडि बढाएको हो । सबै विद्यालयका प्रधानाध्यापकहरुले विगतका कमिकमजोरीहरुलाई सुधार गर्ने प्रतिबधता समेत जनाएका छन् । अनुगमनमा सबै विद्यालयलाई सुधार गर्न सुझाब दिदै उहाँहरूलाई आवश्यकता अनुसार कारबाही पनि अघि बढाइएको नगरपालिकाका शिक्षा अधिकृत देवराज जोशीले बताउनुभयो । यस अघि गतवर्षको पार्षिक परिक्षमा नगरपालिकाले कडाई गर्दा विद्यालयको नतिजा कमजोर देखिने भन्दै केही शिक्षकहरु असन्तुष्ट देखिएका थिए । नगरपालिकाले भने शिक्षाको गुणस्तर सुधार गर्नका लागि विद्यालयहरुमा पढाई राम्रो गर्नुपर्ने र परिक्षामा पनि कडाइ गर्ने जनाएको छ ।

अनुगमनमा विद्यालय प्राङ्गण भित्र सरसफाइका सवालमा विद्यालयले सुधार गर्नुपर्ने , विद्यालय भर्ना भएर विद्यालय नियमित नआउने विद्यार्थीहरूलाई नियमित गर्नका लागि विद्यालय व्यवस्थापन समिति र अभिभावकहरू बिच अन्तरक्रिया तथा सचेतनामूलक सन्देश प्रवाह गरी उनीहरूका समस्यालाई बुझेर विद्यालय नियमित गराउनु पर्ने आवश्यक देखिएको नगरपालिकाका शिक्षा अधिकृत जोशीले बताउनुभयो । नगरपालिकाका भित्र सामुदायिक तथा निजी गरि सबै विद्यालयहरूमा अनुगमन सुरु गरिएको र अब नगरपालिकाले अनुगमनलाई निरन्तरता दिने उहाँले बताउनुभयो । त्यस्तै नगरपालिकाले नगरपालिका भित्रका माध्यामिक विद्यालयमा विद्युतीय हाजिरी जडान गर्नुका साथै दरबन्दी मिलान, विद्यालय समायोजन लगायतका कामहरू अन्तिम चरणमा पु¥याएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन