Jayaprithvi Municipality

बझाङका सर्वसाधारणहरु यार्षागुम्वा संकलनका लागि लेकतिर जान थाले !

बझाङ ; बझाङका सर्वसाधारणहरु यार्षागुम्वा संकलनका लागि लेकतिर जान थालेका छन् । बझाङको सुर्मा, साइपाल, छविस तथा बुंगल नगरपालिकाका हिमाली पाटनहरुमा बैसाखदेखी असार अन्तिमसम्म यार्षागुम्वा संकलनका लागी हिमाली पाटन तिर जान थालेका हुन् ।

बैशाख १५ गते सुदुरपश्चिम प्रदेश अन्र्तगत बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागी सुर्मा, साइपाल र छविस पाथिभेरा गाउँपालिका लगाएतका क्षेत्रमा यार्षा संकलनका लागि बन्द गरिएको भएपनि निर्वाचन सकिएसँगै सर्वसाधारणहरु लेकतिर जान थालेका छन् । उपनिर्वाचनको समयमा गाउँमै भएपनि उपनिर्वाचन सकिएपछी अहिले यार्षा संकलनका लागी हिमाली पाटनतिर हिडेको सुर्मा गाउँपालिकाकी अन्जना बोहराले बताउनुभयो । उहाँसँगै अहिले सुर्मा गाउँपालिकाका स्थानीयहरु हिमाली पाटनतिर लागेको उहाँले बताउनुभयो । ढिलोगरी हिमपात भएका कारण हिउँ नपग्लिएका कारण र उपनिर्वाचनका कारण यसपटक संकलकहरु केही ढिलो लेकतिर गएको उहाँले बताउनुभयो ।
मतदान सकेर अहिले जिल्लाका उत्तरी क्षेत्रका बासिन्दाको लर्को हिमाली पाटनतर्फ लाग्न थालेको छ । चैत अन्तिमतिर बन्दोबस्तीका सामान पु¥याएर आफ्ना उम्मेदवारलाई जिताउन गाउँ झरेका यार्चा संकलक यस वर्ष ढिलो गरी लेक उक्लिएका हुन । चुनावसम्म गुल्जार बझाङको तलकोट, सुर्मा, साइपाल, मस्टा, छबिसपाथिभेरा, दुर्गाथली गाउँपालिका, बुंगल तथा जयपृथ्वी नगरपालिकाका अधिकांश संकलक सपरिवार लेकतिर लागेपछि उत्तरी क्षेत्रका गाउँ सुनसान हुन थालेका छन । केही दिनअघीसम्म चलहपहलले तातेको चैनपुर बजारपछी पछिल्लो समय सुनसान जस्तै हुन थालेको छ ।
निवर्पाचनका लागि मात्रै घरमा बसेको र निर्वाचन सकिना साथ स्थानीयहरु लेकतिर लागेको साइपाल गाउँपालिकाकी असौजी बोहराले बताउनुभयो ।

अबका दुई महिनाजती लेकतिर नै रहने र यार्षा संकलन गरिने उहाँले बताउनुभयो । पछिल्लो केही दिनदेखी स्थानीयहरु परिवारका सवै सदस्यसहित हिमाली बनहरुमा यार्षा संकलनका लागि हिडेँपछि गाउँघर सुनसान जस्तै बन्न थालेका साइपाल गाउँपालिका १ का प्रदिप बोहराले बताउनुभयो । संकलकहरू पाटनमा आवश्यक पर्ने त्रिपाल, टेन्ट, खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्रीसहित यार्सा संकलन क्षेत्र जान थालेका हुन । मत परिणाम सुन्नका लागि गाउँबाट सदरमुकाम झरेकाहरू पनि मंगलबारदेखि लेकतिर लागेकाले बजार सुनसान जस्तै भएको चैनपुरमा होटल संञ्चालन गर्दै आउनुभएका रणबहादुर खड्काले बताउनुभयो ।

उपनिर्वाचनको समयमा यार्षा संकलनको काममा रोक लगाएको र निर्वाचन सकिएपछी अहिले स्थानीयहरु संकलनका लागी लेकतिर जान थालेको साइपाल गाउँपालिका अध्यक्ष मानविर बोहराले बताउनुभयो । उपनिर्वाचनको समयमा पालिकाका सवै सरोकारवालाको सहमतीमा यार्षा संकलनका लागि रोक लगाउने निर्णय अनुसार पालिकाले बन्द गरेको भएपनि निर्वाचन सकिए लगत्तै अहिले स्थानीयहरु साइपालका हिमाली पाटनहरुमा जान थालेका उहाँले बताउनुभयो । साइपाल गाउँपालिकाका हिमाली पाटनहरुमा बर्षेनी यार्षागुम्वा संकलनका लागी जिल्ला र जिल्ला बाहिरवाट पाँच हजारबढी नागरिक त्यहाँ पुग्ने गरेको अध्यक्ष बोहराले बताउनुभयो ।

पालिकाहरूले यार्चा संकलन क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था गरेको बताएका छन् । जंगलमा डढेलो लगाउने, चोरी सिकार गर्ने, प्रतिबन्धित जडीबुटी संकलन गर्ने काम रोक्न समूह गठन गरी निगरानी थालिएको र प्रहरीसमेत परिचालन गर्ने तयारी भइरहेको साइपाल गाउँपालिकाले जनाएको छ । कान्तिपुर

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...