Jayaprithvi Municipality

मष्टा गाउँपालिका –१ भित्रका टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

बझाङ । मष्टा गाउपालिकाका आमा बुवा दुबै नभएका र सामुदायिक बिध्यालयमा अध्यनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शुक्रबार मष्टा गाउँपालिका वडा नं. –१ का वडाध्यक्ष रामचन्द्र रोकायाको उपस्थितीमा अभिभावक गुमाएका ४४ जना बालबालिबालाई शैक्षिक सामाग्री वितरण गरिएको वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो ।

अभिभावक विहीन बालबालिकाहरुको शिक्षामा पहुँच पुर्र्याउन र उनीहरुलाई वडा कार्यालयद्धारा अभिभावकत्व अनुभुती गराउनका लागी शैक्षिक सामाग्री कलम, कापि, र झोला बितरण गरेको गरेको वडाध्यक्ष रोकायाले बताउनुभयो । बालबालिकाहरु कसैले पनि शिक्षा पाउनबाट बञ्चित हुन नपरोस् भन्ने वडाको योजना अनुसार बालबालिकाको खोजी गरी शैक्षिक सामाग्री हस्तान्तर गरेको र आगामी दिनमा समेत टुहुरा बालबालिकाहरुलाई वडा कार्यालयद्धारा विभिन्न सहयोगका कार्यक्रमहरु संञ्चालन गरिने वडाध्यक्ष रोकायाले बताउनुभयो ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...