बझाङ ; बझाङमा बैशाख १५ गतेको भएको उपनिर्वाचनमा पराजित भएका नेपाली काँग्रेसका उमेदवार अभिषेकबहादुर सिह मतदातालाई धन्यवाद दिन गाउँ गाउँ पुगेका छन् । बझाङ क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका सिह आफु पराजित भएपनि आफ्ना मतदाताले दिएको मतको कदर गर्दै धन्यवाद दिन घरदैलोमा पुगेको बताएका छन् ।
निर्वाचनमा एमालेका दिमन भण्डारीले ११ हजार ६ सय १२ ल्याई बिजयी भएका थिए, भने काँग्रेसका अभिषेकबहादुर सिह ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए । सिह २ सय ६६ मतले भण्डारी संग पराजित भएका थिए । सिहले आफ्ना बुवा पृथ्वीबहादुर सिहको निधन भएपछि सो निर्वाचन क्षेत्रमा निर्वाचन लडेका थिए । सिहको बुवा र मुवाको सवारी दुर्घटनमा निधन भएको थियो ।
आफु पराजित भएपछि काँग्रेसका उमेदवार सिहले आफुलाई विश्वास गरी मतदिने मतदातालाई धन्यवाद दिने कार्यक्रम बनाएको बताएका छन् । ‘म पराजित भएको हु तर, मलाई मत दिने जनतालाई मैले अवमुल्यन गर्न मिल्दैन’ सिहले भने– ‘मलाई जिताउन मत दिएका मतदातालाई म सम्मान गर्छु ।’ आफु निर्बाचनमा पराजित नभई उपबिजेता भएको भन्दै मतदान गर्ने मतदाताहरुलाइ धन्यबाद ज्ञापन गर्न बिहिबार जिल्लाको तल्कोट गाउपालिका र मष्टा गाउपालिका मतदातालाई धन्यवाद दिन पुग्नुभएको हो ।
आफुले बुबा आमा गुमाएको समयमा जनता अभिभाबक भएर मतदान गरी दिएको भन्दैे उहाँ निर्वाचन क्षेत्र नः १ का विभिन्न पालिकाका र वडामा पुगेर धन्यवाद ज्ञापन गर्न अभियन सुरु गरेका छन् । उहाँ निर्वाचनमा पराजित भए पनि पुन मतदातालाई धन्यवाद दिन आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पालिका र वडाहरूमा पुग्न थाल्नु भएको हो ।
निर्वाचनमा झिनो मतान्तरले पराजय भए पनि जनताले आफ्नो पार्टी र आफुलाई दिएको मतको सम्मान गर्न आफूहरू जनताका बिचमा आएको युवा नेता सिहको भनाइ छ । निर्वाचन जितेपछि वा पराजय भएपछि जनताका बिचमा नआउने गुनासो लाई सम्बोधन गर्न समेत घर भेट तथा धन्यवाद कार्यक्रम गरिरहेको उनको भनाइ छ ।