बझाङ प्रदेशसभा सदस्यमा एमालेबाट भण्डारी निर्वाचित : आठ उम्मेदवारको जमानत जफत

Image

बझाङ ; बझाङमा नेकपा एमालेका दमन भण्डारी ११ हजार ६ सय १३ मतसहित बिजयी भएका छन् । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पछि पार्दै बिजयी भएका हुन । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारीले ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको जानकारी दिनुभयो । लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गर्नुभयो ।

साथै माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ८ सय ३१ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो ।

त्यस्तै अन्य ८ दलले १० प्रतिशत मत पनि मत पाउन सकेका छैनन् । ६१ हजार ७ सय ६८ मतदातामध्ये ३० हजार ३ सय ३७ जना मतदाता मतदानमा सहभागी भएका थिए । खसेको जम्मा मत मध्य २९ हजार ७०५ मत सदर भएको थियो । भने (एकीकृत समाजवादी) सहित ८ जना उम्मेदवारको धरौटी जफत भएको छ। बझाङ जनामत बचाउन उम्मेदवारले १० प्रतिशत अर्थात २ हजार ९७० मत ल्याउनुपर्ने थियो। ११ दलका उम्मेदवार मध्ये विजयी भएको एमाले दोस्रो भएको कांग्रेस र तेस्रो स्थानमा रहेको माओवादी बाहेक सबैको जमानत जफत भएको छ ।

विजयी भएका दमन भण्डारीको राजनितिक यात्रा विद्यार्थी राजनिति देखी माननीय सांसद सम्म

बि.सं. २०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका –१ भण्डारी गाउँमा जन्मिएका भण्डारीले २०४१ सालमा एसएलसी दिएर काठमाडौं जाँदा अनेरास्ववियुबाट विद्यार्थी राजनिति सुरु गरेका थिए । उहाँ नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववीयुमा आवद्ध भएका थिए । उहाँले नेपाल ल क्याम्पसबाट बिएल गरेपछि बझाङ फर्किएर थुप्रै समाज सुधारका काम गर्नुभएको थियो । २०५४ सालमा उहाँ नेकपा मटेला गाविसका अध्यक्ष निर्वाचित हुनुभयो । २०५५ सालमा नेकपा जिल्ला कमिटी सदस्य हुँदै २०५६ सालमा गाबिस राष्ट्रिय महासंघका जिल्ला अध्यक्ष निर्वाचित हुन भयो । त्यसपछि उहाँ युवा संघ नेपालका सेती अञ्चल सचिवसमेत बन्नुभयो । नेकपा एमालेभित्र राम्रो काम गर्दै गएका भण्डारी २०६९ सालमा जिल्ला कमिटी सचिवका रुपमा निर्वाचित भएका थिए ।

भण्डारी २०७८ सालदेखि हालसम्म नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्ष छन् । उहाँका श्रीमति र एक छोरी तीन गरी सदस्यीय परिवार छ । उहाँले यसअघि बझाङमा लैङ्गिक हिंसा विरुद्ध अभियान पनि चलाएका थिए । उहाँलाई एमालेभित्र सबैभन्दा इमान्दार, भद्र र शालिन पात्रका चित्रण बुझेको नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले बताउनुभयो । गत प्रदेशसभा निर्वाचनमा दमन भण्डारीको क्षेत्र रहेको बझाङ (१) मा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर चुनाव जित्दा एमालेका ओखेडाले १३ हजार ३३६ मत मात्र ल्याएका थिए । चुनाव जितेपछि पृथ्वीबहादुर सिंह सुदूरपश्चिम सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए ।

तर सडक दुर्घटनामा परी सिंहको निधन भयो, जसकारण उपचुनाव भएको हो । उपचुनावमा जिल्लाको सिफारिसमा केन्द्रले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । चुनाव आउनु केहिदिन अगाडिनै भण्डारीका बुवाको निधन भयो र उहाँले धेरै जनताको घरदैलो समेत गर्न पाएउनु भएन । यसरी चुनावी मैदानमा हुमिएका भण्डारीले अहिले संसदीय चुनावमा पनि कांग्रेसका उम्मेदवारलाई हराउँदै प्रदेशसभा सदस्यमा विजय भएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्