बझाङ उपनिर्वाचन अपडेट;खप्तडछान्नाका तीन वडाको मत गणना सकिदा एमाले ६ सय १४ मतले अगाडि

Image

सुरेश धामी, बझाङ। उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा –१ प्रदेशसभा (क)को मतगणना जारी छ । छबिसपाथिभेरा गाउँपालिकाको सबै वडा र थलारा ९ को मतगणना सकेर खप्तडछान्ना गाउँपालिकाको मतगणना भइरहेको छ ।

साझ ७ः ३० बजे सम्म खप्तडछान्ना वडा नम्बर १, २ र ३ मा मतगणना सम्पन्न हुँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ६ सय ३८ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले २ हजार २४ मत र माओवादीको १ हजार ७ सय १७ मत प्राप्त गरेका छन् ,।

जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । एमालेका दमनबहादुर भण्डारीले २ हजार ६ सय ३८ मत सहित ६ सय १४ मतले अग्रता बनाइरहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्