बझाङ ; बझाङमा मत गणनाको लागि सर्वदलीय बैठक सुरु भएको छ। उपनिर्वाचन अन्तर्गत बझाङ –१ को क मा मतगणना अघि सर्वदलीय बैठक सुरु भएको हो । बैठक सकिए लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकारी सुदर्सन लामिछानेले जानकारी दिनुभयो ।
सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवार सहित सरोकारवालाहरू पनि उपस्थित छन् । जिल्ला सदरमुकाम स्थित जिल्ला अदालतमा बसेको बैठकमा सहमति जुटाएर मतगणना थालिने छ ।
बझाङ–१ उपनिर्वाचनमा कुल ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको आयोगले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीकाअनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका ९० वटा केन्द्रका मतपेटिका हिजो रातिनै सदरमुकाममा सङ्कलन गरिएको हो भने आज बिहान साइपाल गाउँपालिकाको काँडा धुली र याराङकुरिङ डाँडा केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत मतगणना स्थल ल्याइएको छ । सर्वदलीय बैठक सुरु भए लगत्तै मतगणना सुरुहुने आयोगले जनाएको छ । बझाङ १ मा ११ जना उम्मेदवार प्रतिशप्रधा गर्दै छन् ।