बझाङ– बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । बझाङको प्रदेशसभा एक (क) मा अहिले मतदान भैरहेको हो । बझाङ प्रदेशसभा एक (क) मा पनि मतदाता उत्साहजनक रुपमा लामबद्ध भएर मतदान गरिरहेका छन् ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । बझाङ–१ (क) मा प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि आज उपचुनाव भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।
प्रतिक्रिया जनाउनुहाेस्