बझाङ ; बझाङका एक जना पुरुष चरेशसहित कैलालीबाट पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाबाट १९८.८७ ग्राम चरेशसहित बझाङको छब्बिस पाथिभरा गाउँपालिका–७ बस्ने ४८ वर्षीय कलक धामी बिहीवार पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ अत्तरिया स्थित उनले सञ्चालन गरेको अन्नपुर्ण होटलको भान्सा कोठाबाट चरेस फेला पारी धामीलाई पक्राउ गरेको हो । मालाखेती प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया जनाउनुहाेस्