एमाले, काँग्रेस र रास्वपा यिनीहरु सबै एकै पार्टी हुन् : अध्यक्ष लिङ्देन

Image

सुरेश धामी ,बझाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले, माओवादी र नयाँ सबै दल एउटै भएको बताउनु भएको छ । बझाङको सदरमुकाम चैनपुरमा आज शुक्रबार भएको प्रदेश सभा उप–निर्वाचनको चुनावी सभालाई संवोेधन गर्दै अध्यक्ष लिङ्देनले भन्नुभयो–कतिपय मान्छेहरुले एमाले, कांग्रेस , माओवादीसंग चित्त नबुझाएर नयाँ पार्टीमा लाग्ने गरेको देखेको छु, तर एमाले, कांग्रेस र माओवादी पार्टीको विकल्प स्वतन्त्र पार्टी हैन, यिनीहरु सबै एकै पार्टी हुन् ।

उहाँले पार्टीका नाम ,चिन्ह् र नेता अगल भएपनि बिचार र व्यवहारमा सबै पार्टी एउटै भएको बताउँदै देशको मुल समस्याको रुपमा रहेको निर्वाचन प्रणाली , नियुक्ति प्रणली र भ्रष्ट व्यवस्थाको सबै पार्टीले स्वीकार गरेको बताउनुभयो ।

उहाँले अहिलेको निर्वाचन प्रणाली, नियुक्ति प्रणाली र भ्रष्ट व्यवस्थाको सबैको विकल्पमा राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै रहेको बताउनुभयो ।
उहाँले व्यवस्था र अवस्था परिर्वतनका लागि बैशाख १५ गते हुने उप–निर्वाचनमा हलो चिन्ह्मा मतदान गर्न समेत सबैमा अपिल गर्नुभएको छ । उहाँले चुनावमा भोट दिने कुरा बिहेमा छोरी दिने भन्दा पनि महत्वपूर्ण कुरा भएको बताउनु भयो ।

अध्यक्ष लिङ्देनले चुनावमा दिईने मतले जनताको भाग्य र भविष्य निर्धारण गर्ने बताउँदै भन्नुभयो, ‘तपाईले अनेक बिचार गरेर दिएको छोरी पनि कहिलेकाँकी गलत मान्छेको हातमा पर्छ, छोरी गलत मान्छेको हातमा परेपनि त्यहि एउटा छोरीले मात्र दुख पाउँछ तर तपाईले दिएको एउटा भोट पुरै समाज, पुरै देशले दुख पाउँने भएकाले भोट दिनु अघि हजार पटक सोचेर भोट दिन उहाँले अनुरोध गर्नभएको छ ।’ देशलाई भ्रष्टाचारमुक्त गरि सुशासन कायम गर्न राप्रपाको शक्ति आवश्यक रहेको भन्दै उहाँले यो पटक राप्रपालाई भोट दिएर देशलाई सुशासनतर्फ अघि बढाउन अनुरोध गर्नुभयो ।

प्रदेश सभा क्षेत्र नं १ को क मा किशोर खड्काले राप्रपाको विचारको नेतृत्व गरेको भन्दै सुशासन र भ्रष्टाचारमुक्त समाज स्थापनाका साथै कमिसनमा योजना दिने कार्यको विरोध गर्ने लगायत प्रदेश खारेजीको लागि बोल्ने मान्छे किशोर खड्कालाई जिताएर सहयोग गर्न अनुरोध गर्नु भयो । केन्द्रीय अध्यक्ष लिङ्देन यहि बैशाख १५ गते प्रदेश सभा क्षेत्र नं १ को (क) मा हुने उप–निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न पहिलो पटक बझाङ आउनुभएको हो ।

त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले प्रजातन्त्रमा र लोकतन्त्रमा संसारको सबै भन्दा ठुलो बन्दुक भन्दा पनि शक्तिशाली हतियार मतपत्र भएको बताउँदै मतपत्र ठिक ठाउँमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
मतपत्रको सही सदुपयोग भए त्यसको फाईदा नेताहरुलाई भन्दा पनि जनता र सबैको घरपरिवारलाई हुने उहाँले बताउनु भयो ।
जयपृथ्वीबहादुर सिंह जन्मेको बझाङमा साईपाल हिमालसंगै कर्यौ जडीबुढी लगायत उत्तरी छिमेकीसंग व्यापारका सम्भावना हुदाँहुँदै सबैकुरामा पछि पर्नुको कारण पहिलेदेखि नै तिनै पार्टीलाई भोट हाल्नु रहेको बताउनु भयो ।

त्यस्तै राप्रपाका बझाङ जिल्ला अध्यक्ष बिरेन्द्र मल्लले अहिलेसम्म जिताएका राजनितीक दलले कुनै पनि राम्रो काम गर्न नसकेको बताउनुभयो । उहाँले हाफुले बझाङी जनताको लागि हाईड्रो पावर भित्र्याएर काम गरिरहेको र अब हाईड्रो पावरको टनेल खने जस्तै राजनीतिको पनि टनेल खन्नुपर्ने अवस्था आएको बताउनु भयो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन