एसईई दिएका विद्यार्थीहरूलाई बुंगल नगरपालिकाले एक महिने ब्रिज कोर्ष पढाउने !

Image
बुंगल नगरपालिका

बझाङ ।  बुंगल नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका नगरपालिका भित्रका विद्यार्थीलाई ब्रिज कोर्ष पढाउने भएको छ । नगरपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र विभिन्न कलेजले लिने प्रवेश परीक्षाको तयारी स्वरुप निशुल्क एक महिने ब्रिज कोर्ष पढाउने भएको हो ।

नगरपालिका भित्रका शैक्षिक सत्र २०८० को एसईई दिएका विद्यार्थीहरूको लागि नगरपालिकाको जनता सँग मेयर कार्यक्रमबाट विज्ञहरू मार्फत एक महिने ब्रिज कोर्ष तथा क्यारियर काउन्सिलिङ तालिम दिइने बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले बताउनुभयो । ब्रिज कोर्ष तथा क्यारियर काउन्सिलिङ अध्ययन गर्ने विद्यार्थीहरूले बैशाख ६ गते सम्म बुंगल नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले आवेदन दिने विद्यार्थीहरूलाई छनोट गरी आउँदो वैशाख १० गते बिहान ७ बजेबाट बाट चारवटा विद्यालयमा बढाई सञ्चालन गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुवंरले बताउनुभयो ।

बुंगल नगरपालिका वडा नं १ र २ का अध्ययन गर्नचाहने विद्यार्थीहरूका लागि भगवती माध्यामिक विद्यालय सोला , वडा नं ३ ,४ र ५ का विद्यार्थीहरूका लागि सरस्वती माध्यामिक विद्यालय बिजगडा , वडा नं ६,७,र ८ का विद्यार्थीहरूका लागी कफलसेरी माध्यामिक विद्यालय कफलसेरी र वडा नं ९ ,१० र ११ का अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि केदार मावि देउलीकोट केन्द्र तोकिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन