रास्वपामा देश बनाउनु बाहेक कुनै स्वार्थ छैन : नेता जोशी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय मन्थन विभाग सदस्य भोजराज जोशीले पुराना दलहरुले जनतामाथि विभिन्न बाहानामा घात र भ्रम सिर्जना गरिरहेको टिप्पणी गरेका छन् ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी बैतडी दार्चुला–काठमाडौं सम्पर्क विभागले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले नेपाली कांग्रेसलाई इंिगत गर्दै रास्वपा सरकारमा गएपछि घेराबन्दी परेको बताए ।

उनले भने, ‘हामि भाषणमा होइन काममा विश्वास गर्छौं । हामी सरकारमा गएका छौं काम गरेर देखाउनुपर्ने छ । तर पछिल्लो समय हामी सरकारमा सहभागि भइसकेपछि केही दलहरुले घेराबन्दीमा पार्ने कोसिष गरिरहेका छन् ।’
पुराना दलहरुले लामो समय साशन गरेकै भरमा तानाशाह देखाउन नहुने जोशीको भनाइ छ । कुनैपनि राजनीतिक दलहरुले विभिन्न बाहानामा जनतामा भ्रम पार्ने प्रयास गरिरहेको भन्दै नेता जोशीले भने, ‘ ग्रामि भेगका जनतालाई हरेक पार्टीहरुले झुक्याएका छन् । कसैले यो व्यवस्था ल्याएको भन्दै, कसैले वृद्धभत्ता हामीले ल्याएको भन्दै झुक्याइरहेका छन् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीमा देश बनाउनु बाहेक कुनै स्वार्थ नभएको उनको जिकिर थियो ।

janahit ma jari sandesh
Masta R.M
Loading...