सुरेश धामी ,बझाङ । बुंगल नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नगरपालिकामा स्वास्थ्य सेवा इन्स्पेक्सन समुह अधिकृत स्तर छैठौं तहमा कार्यरत नरेश कुंवरले पाएसंगै नगरपालिकाको दैनिक कामकाज तथा कार्यसम्पादनमा सहज भएको छ ।
यहि चैत्र ७ गते बुधबारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुंगल नगरपालिकाको प्रशासन र आर्थिक अधिकार सहितको जिम्मेवारी नरेश कुँवरलाई दिएपछि अधिकृत कुंवरले नागरिकको आवस्यकता अनुसार काम गर्नका लागि भन्दै छोटो समयमै विभिन्न कामहरुको शुरुवात गर्नुभएको हो । अधिकृत कुंवरले सेवागाह्रीको सहजताका लागि नगरपालिकामा विद्युतीय भुक्तानी सेवा शुरुगर्दै प्रभावकारी कार्यसम्पादनका लागी नगरपालिका मातहतका सबै कार्यालयहरु, वडा कार्यालय र विषयगत शाखाहरु सवैलाई पत्राचार समेत गर्नुभएको छ ।
अधिकृत कुंवरले यस अघि नगरपालिकाको कार्यालय र मातहतका कार्यालय तथा संस्थाहरुमा कार्यरत कर्मचारी आफुखुसी बिदामा बस्ने एवं लापरवाही गर्ने गरेको कारण कार्यसम्पादन प्रभाकारी हुन नसकेको र कार्यालयप्रति सेवाग्राहीहरुको जन गुनासो बढ्नुका साथै नकरातमक बुझाई विकसित भएको भन्दै प्रभाकारी सेवा प्रवाह गरी सुशासन कायमगर्न सबैमा अनुरोध गर्नुभएको छ । साथै कार्यालयमा नियमित रुपमा उपस्थित भई पेशागत मर्यादा र पदिय उत्तरदायित्व निर्वाह तथा प्रचलित कानुनमा उल्लेखित आचरण सम्बन्धी नियमको पालना आफु पनि गर्न र मातहतका कर्मचारीलाई पनि गराउनहुन पालिका मातहतका कार्यालयहरुलाई निर्देशन गर्नुभएको छ ।
त्यस्तै बुंगल नगरपालिकाबाट कार्यालय कामकाजको लागि गाडी भाडामा लिंदा मनोमानि लिने गरिएकाले कार्यालयका सवारी साधान वाहेकका गाडी भाडामा लिनुपर्दा इन्धिन सहित दैनिक रु ५ हजार भन्दा बढी नहुने गरी भाडामा लिनभनि नगरकार्यपालिकाले निणर्य गरेकोमा कार्यान्वयन गर्नहुन पनि पत्राचार गरिएको छ । कसैले कार्यालय प्रमुखको स्वीकृत नलिई मनोमानि सवारी साधान भाडामा नलिन अनुरोध गर्दै लिएमा कार्यालयबाट भुत्तानी नहुने पनि बताइएको छ ।
साथै नगरपालिका र पालिका अन्तरगतका सम्पुर्ण कार्यालयलाई सेवाग्राहीको सहजताका लागि कार्यालय समयमा दिइने सेवालाई चुस्त ,दुरुस्त र छिटो छरितो बनाउन खाजा खाने समय हप्ताको छ वटै दिनदिउँसो २ बजे देखि २:३० बजेसम्म कायम गरि सोही अनुसार गर्न गराउन पनि मातहतका कार्यालयलाई निर्देशन गरिएको छ।
यसअघि इन्धर र समान खरिदमा पनि मनोमानी हुँदै आएकोमा अब नगरपालिका र अन्तरगतका सम्पुर्ण कार्यालयको दैनिक प्रायोजन र कार्यालय प्रायोजनका लागि इन्धन र अन्य सामाग्री कार्यालय प्रमुख बाट मागफाराम प्रमाणित गराइ स्टोरले शाखाबाट आधिकारिक खरिद आदेश बिना कुनै मालसामान निकासी नगरिदिन पनि पत्राचार गरिएको छ । साथै प्रक्रिया पूरा नगरी निकासी वा खरिद गर्ने व्यक्ति स्वयं जिम्मेवार हुने र कार्यालय भुक्तानी दिन बाध्य नहुने पनि बताइएको छ ।