बझाङ। नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले संघीय निजामती ऐन जारीगर्न केन्द्रलाई दबाब दिने निर्णय गरेको छ । आज शनिबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङको नियमित बैठकले संगठन सुदृढीकरण संगठन विस्तार र संघीय निजामती ऐन जारीगर्न केन्द्र लाई दबाब दिने निर्णय भएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङका सचिव मुकेश कुमार थापाले जानकारी दिनुभयो ।
आज शनिबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङका अध्यक्ष दिनेश बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला उपसचिव सुरत बहादुर सिंह रहनुभएको थियो ।
विशिष्ट अथितिमा प्रदेश इन्चार्ज प्रकाश बहादुर खड्का,बझाङ इन्चार्ज लक्ष्मी रावल लगायत अथितीमा जनवर्गीय संगठनका प्रमख तथा प्रतिनिधि , बझाङ जिल्ला भरिका संगठन प्रति आस्थावान कर्मचारीहरू उपस्थित रहनु भएको थियो ।