टी-२० श्रृङ्खलामाआज नेपालआयरल्याण्ड विरुद्ध दोस्रो खेल खेल्दै 

Image

काठमाडौं ; टी- २० श्रृङ्खला अन्तर्गत शनिबार नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो दिउँसो १ बजे शुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा लोकश बमको सतकिय विस्फोटक ब्याटिङका बाबजुद नेपाल पराजित भएको छ। सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको हो ।

जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो। नेपालका लागि लोकेश बमले बिस्फोटक ब्याटिङ गर्दै १०६ सतकिय पारी खेले पनि जित दिलाउन सकेनन् । जितसँगै आयरल्याण्डले सिरिजमा १–० को अग्रता बनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्