बुंगल नगरपालिकामा अब विद्युतीय भुक्तानी !

सुरेश धामी, बझाङ । बझाङको बुंगल नगरपालिकामा विद्युतीय भुक्तानी शुरु भएको छ । ‘केस लेस’को अवधारणा अन्तर्गत नगरपालिकाले विद्युतीय भुक्तानी शुरु गरेको नगरपालिकाका लेखापाल गजाधर सार्कीले बताउनुभयो । शुक्रबार बाट विद्युतीय भुक्तानी सेवा शुरु गर्दै बुंगल नगरपालिका विद्युतीय भुक्तानी गर्ने पालिका बनेको छ ।

विद्युतीय भुक्तानी प्रणाली शुरु भएपछि अब सेवाग्राहीहरुलाई समेत सजिलो हुने भएको छ । चेक मार्फत कारोबार झन्जिटलो हुँदै आएकोमा अब त्यसो नहुने बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुंवरले बताउनुभयो । अब नगरपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिनेको खातामा जम्मा हुने बताइएको छ।

महालेखा नियन्त्रक कार्यालयले सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा बुंगल नगरपालिकाले विद्युतीय भुक्तानी शुरु गरेको हो । सुत्र प्रणालीका आधारमा विद्युतीय भुक्तानी गरिने भएको छ ।

विद्युतीय भुक्तानी शुरु भएसंगै उपभोक्ताहरुले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । विद्युतीय प्रणाली मार्फत हुने भुक्तानीले सेवा सहजताका साथै सुशासन कायम गर्न सहयोग पुग्ने प्रशासकीय अधिकृत कुंवरले बताउनुभयो । अब चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि नगरपालिका धाउनुपर्ने समस्याको अन्त्य भएको उहाँको भनाई रहेको छ ।आफुले प्रशासकीय अधिकृतको जिम्मेवारी पाइसकेपछि नागरिकको सेवाका लागि खटीएर कडाइका साथ लागिरहेको र बित्तीय सुशासन कायम गर्न विद्युतीय भुक्तानी प्रणालीले पनि सहज हुने उहाँले बताउनुभयो ।

Hohel Kananga
Loading...