छबिसपाथिभेरा गाउँपालिकाका सात विद्यालयले कक्षा ८ मा ल्याए शून्य नतिजा !

सुरेश धामी ,बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिकाका सात विद्यालय कक्षा ८ को परीक्षामा फेल अर्थात ननग्रेड भएका छन । गाउँपालिकाले पालिका भित्रका १६ सामुदायिक विद्यालयमा कक्षा ८ को परीक्षा लिएकोमा ७ वटा विद्यालयको नतिजा निल आएको हो । अब सुरु हुने नयाँ शैक्षिक सत्रमा ती ७ विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुन अयोग्यता देखिएको सार्वजनिक गरिएको नतिजाले देखाएको छ । गाउँपालिका भित्र सञ्चालित १६ विद्यालयमा अध्ययन गर्ने ३ सय २४ विद्यार्थीमा ३०१ जना विद्यार्थी फेल अर्थात ननग्रेड भएका छन भने जम्मा २३ जनामात्रै उत्तीर्ण भएका छन् ।

गणित विषयमा सबैभन्दा बढी २ सय ९६ जनाले ननग्रेड प्राप्त गरेका छन् । त्यस्तै विज्ञान विषयमा २ सय ७६ जना, र अंग्रेजी विषयमा २ सय २५ जनाले ननग्रेड प्राप्त गरेको गाउँपालिकाका शिक्षा अधिकृत हरिचन्द्र कठायतले गणतन्त्र आवाज संग बताउनुभयो। गाउँपालिकाका सञ्चालित शिशु आधारभूत विद्यालय, बान्निचौर माध्यामिक विद्यालय , शन्तोशी आधारभूत विद्यालय र सुर्मा आधारभूत विद्यालयको नतिजा शून्य आएको हो ।त्यस्तै सूर्योदय आधारभूत विद्यालय कालिका आधारभूत विद्यालय र जयपृथ्वी आधारभुत विद्यालयको नतिजा शून्य आएको छ ।

विगतमा आन्तरिक मुल्याकंन बाट विद्यार्थीहरूको ग्रेड दिइने गरेपनि यस पटक गाउँपालिकाले कडाइ गरेको थियो । गाउँपालिकाले तयार पारेको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजाले छबिसपाथिभेरा गाउँपालिका विद्यालयमा ठुलो हलचल भएको छ । जनता आधारभूत विद्यालयमा २ जना जनपृय आधारभूत विद्यालयमा १ जना चन्द्रोदय माध्यामिक विद्यालयमा ३ जना ,शान्ति माध्यामिक विद्यालयमा ५ जना र थलारा माध्यामिक विद्यालयमा २ जना पास भएका छन् । त्यस्तै सत्यवादी माध्यामिक विद्यालयमा १ जना मजखोरी माध्यामिक विद्यालयमा ३ जना बाठपाली माविमा १ जना र जनपृय माविमा ५ जना गरी १७ छात्र र ६ छात्रा गरी २३ जना उत्तीर्ण भएका छन् ।

janahit ma jari sandesh
Masta R.M
Loading...