बझाङ । मष्टा गाउँपालिकामा दृष्टिविहीन वृद्धलाई खानेपानीको व्यवस्था गर्न स्थानिय युवाले गरे अभियान संचालन गरेका छन् । समाजसेवी तथा संचारकर्मी युवा अनिल क्षेत्रीले मष्टा गाउँपालिका वडा नम्बर ६ कि दृष्टिविहीन र मानसिकरुपमा पनि पुर्णरूपमा अस्वस्थ रहेका बिर्कस्या सार्कीलाई पानीको धारा निर्माण गर्नका लागि आर्थिक अभियान संचालन गरेका हुन् ।
दृष्टिविहीन सार्कीले पिउने पानीको लागी लठ्ठीको सहायताले आधी घण्टा हिडेर पानी बोकेर ल्याउनुपर्ने अवस्था छ । उहाँलाई पानी ब्यवस्थापनका लागी स्थानिय सरकार लगाएत कुनै पनि निकायले सहयोग गनरेपनि आफुहरुले आर्थिक अभियान चलाई रहेको समाजसेवी अनिल क्षेत्रीले बताउनुभयो । बिर्कस्यालाई पानी खुवाउनका लागी युवाहरु जुटेर अभियान चलाइरहेकाले सहयोगीमनहरुले अभियानमालाई साथदिई आर्थिक सहयोग गरिदिन पनि उहाँले अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्