बझाङमा प्रहरीलाई ढुङ्गा प्रहार गर्दा प्रहरी हवल्दार घाईते , दुई जना पक्राउ

Image

बझाङमा प्रहरी माथि ढुङ्गा प्रहार गर्दा प्रहरी एक हवल्दार घाईते भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका ९ बजार स्थित  के एम डिमा कोठा लगेर बसेका दुर्गाथली गाउँपालिका –२ का ३२ वर्षीय विनोद रावल र जयपृथ्वी नगरपालिका – ७ का दिनेश महरले मादक पदार्थ सेवन गरेर एक आपसमा झगडा र होहल्ला गरेका थिए ।

होटल सञ्चालक कौशिला धामीले प्रहरीलाई खबर गरेपछि प्रहरी हवल्दार गणेश मल्लको कमान्डमा ४ जनाको प्रहरी टोली  गएकोमा उनीहरूले प्रहरीलाई ढुङ्गा प्रहार गर्दा सहायक प्रहरी हवल्दार  योगेन्द्र खड्का घाईते भएका  जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।ढुङ्गा प्रहारबाट सहायक प्रहरी हवल्दार खड्काको टाउकोमा चोट लागेको छ । उहाँको प्राथमिक स्वास्थ्य चौकी झोतामा सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

कुटपिट गर्ने दुबै जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको  छ । कुटपिटबाट घाइते प्रहरी हवल्दार खड्को अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्