Jayaprithvi Municipality

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराति ९ बजे जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा चट्याङ लाग्दा एक जनाको मृत्यु भएका छ भने एकै परिवारका ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा ५२ वर्षीय गजेन्द्र बहादुर सिंह रहेका छन् ।

त्यस्तै घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्र बहादुर सिंह, उहाँकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह रहेका छन् । त्यस्तै सोही ठाउँका धन बहादुर सिंहकी श्रीमती ४० वर्षीया पञ्चादेवी सिंह, उहाँको छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले बताए ।

घाइतेहरू मध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए । मृतकको शव पनि पोस्टमार्टमको जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...