बुंगल नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा कुंवर

Image

बझाङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रशासन र आर्थिक अधिकार सहित बझाङको बुङ्गल नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नरेश कुंवरले पाउनु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारबाट बुंगल नगरपालिकाको प्रशासन र आर्थिक अधिकार सहितको जिम्मेवारी नगरपालिकामा स्वास्थ्य सेवा इन्स्पेक्सन समुह अधिकृत स्तर छैठौं तहमा कार्यरत नरेश कुँवरलाई दिएको छ ।

नि.वर्तमान प्रशासकीय अधिकृत माधवराज जोशीले उपचारको लागि लामो समयसम्म बाहिर जानुपर्ने भन्दै राजिनामा दिएपछि फेरी बुंगल नगर कार्यपालिकाले आर्थिक अधिकार सहित नरेश कुँवरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाए पछि मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्रशासन र आर्थिक अधिकार सहितको जिम्मेवारी कुँवरलाई सुम्पिएको हो ।

बुंगल नगरपालिकामा यो चालु आर्थिक बर्षमा मात्रै ४ जना प्रशासकीय अधिकृत फेरिएका छन् । यसरी छोटो समयमानै प्रशासकीय अधिकृत फेरिदा सेवा प्रवाह समेत फितलो हुने गरेको र आर्थिक कारोबारमा पनि समस्या हुने गरेको स्थानीय गोरख बोहराले बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन