Jayaprithvi Municipality

तेजु विक मायालुको नयाँ देउडा गित देव भुमी सार्वजनिक

बझाङ ।  देउडा गायक तथा सर्जक तेजु विक (मायालु) को नयाँ गित देव भुमी सार्वजनिक भएको छ । विकको लय तथा शब्द शृजनामा चर्चित देउडा गायिका गौरी भट्ट र तेजु विक (मायालु)को आवाज रहेको उक्त देउडा गित सार्वजनिक भएको हो ।

बुधबार सम्झना म्युजिक फिल्मस् युटुव च्यानल मार्फत सो देउडा गित सार्वजनिक गरिएको हो । उक्त देउडा गितको भिडियोमा पदम बिष्ट र मिना क्षेत्रि बोहराले अभिनय गरेका छन् भने सो गितको निर्देशन तेजु विक मायालु स्वयमले नै गरेका हुन् । बैतडीको सुर्नया गाउँपालिका ७ पथरकोट घर भएका गायक तथा सर्जक विक २०६१ साल सांगितक क्षेत्रमा रहेका छन् ।

यसअघि उनले बजार ल्याएका गितहरु मध्ये छल्की रहेइ सुर्नया, घुमा कर्म घुमा, नेता छन् गफाडी लगायतका देउडा गितहरु चर्चित छन्।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...