घरेलु तथा साना उद्योग कार्यालय बझाङले विभिन्न शिप विकास तालिम सञ्चालन गर्दै

Image

बझाङ । घरेलु तथा साना उद्योग कार्यालय बझाङले विभिन्न शिप विकास तालिम सञ्चालन गर्ने भएको छ । घरेलु कार्यालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तर्गत कार्यालयले जयपृथ्वी नगरपालिका १० चैनुरमा जिल्ला भरिका इच्छुक नागरिकका लागि १० दिने चुरा पोते बनाउने तालिम, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका र दुर्गाथली गाउँपालिकाका लागि १५ दिने गमला बनाउने तालिम केदारस्युँ गाउँपालिका ९ झोतामा संचालन गरिने घरेलु तथा साना उद्योग कार्यालय बझाङका सूचना अधिकारी दशरथ जप्रेलले जानकारी दिनुभयो ।

त्यस्तै खप्तडछान्ना गाउँपालिका वडा नं ३ भित्रका नागरिकका लागि २ महिने आधारभुत कम्प्युटर तालिम संचालन गरीने उहाँको भनाई छ । घरेलु कार्यालयले लाभग्राही क्षेत्रका ईच्छुक नागरिकले यहि चैत्र १३ गतेसम्म आवेदन दिन सुचना समेत प्रकाशित गरेको छ । आवेदन परेका मध्यबाट छनोट गरेर तालिममा सहभागी गराइने र तालिमको मिति पनि पछि जानकारी गराइने घरेलु कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन