नगरप्रमुखकै वडामा स्थानीयले चन्दा उठाएर सडक निर्माण थाले !

बझाङ । बझाङको बुंगल नगरपालिकामा स्थानियले प्रति परिवार २० हजार रुपयाँ उठाएर सडक निर्माणको काम अगाडी बढाएका छन् ।बुंंगल नगरपालिकाको वडा नम्बर २ स्थित लोछिबगर मजिवन सडक निर्माण उपभोत्ता समितिले सडक निर्माण गर्नको लागि मजिवन टोलमा बसोबास गर्ने प्रति घरपरिवारबाट न्युनतम २० हजार रुपयाँ उठाएर सडक निर्माणको कामलाई अगाडी बढाउने निर्णय गरेको लोछिबगर मजिवन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष धुर्ब बहादुर धामीले बताउनुभयो ।

बुंगल नगरपालिका –२ गिरौंदेखि लोछिबगर मजिवन हुँदै कलौन जोड्ने उक्त सडक निर्माणको लागि आफुहरुले बेला–बेलामा सम्बन्धित निकायलाई गुहारेपनि नगरपालिका लगायत कुनै पनि निकायले सडक निर्माणको लागि बजेट विनियोजन नगरेको कारण आफुहरुले प्रत्येक घरदुरीबाट पैसा उठाएर सडक निर्माणको काम गरिरहेको उहाँले बताउनु भयो । चालु आर्थिक बर्षमा वडा कार्यालयबाट ५ लाख मात्रै वजेट विनियोजन गरिएको र उक्त बजेट सडक निर्माण गर्न अपुग भएपछि केही किलो मिटर भएपनि बढी सडक निर्माण गर्नको लागि आफुहरुले घरपरिवार बाटै पैसा उठाएर सडक निर्माणको कामलाई निरन्तरता दिएको उहाँको भनाई छ ।

त्यहाँका स्थानियले बुंगल नगरपालिका वडा नं २ को दुर्गम गाउँ कलौनबाट वडा कार्यालय पुग्न लगातर ४ घण्टा पैदल हिड्नुपर्ने बाध्यता रहेको छ । गाउँमा यातायतको सुबिधा नहुदा गाउँका केही मान्छे बिरामी हुँदा तथा अन्य समान ढुवानीका लागि स्थानियले सास्ती भोग्दै आएका छन् । बुंगल नगरपालिकाका नगरप्रमुख जयबहादुर धामीकै वडाका स्थानियले प्रति परिवार २० हजारका दरले पैसा उठाएर सडक निर्माण कार्यलाई अगाडी बढाएपछि नगर सरकारले केही गर्न नसकेको भन्दै स्थानियले नगरप्रमुख धामी लगायतको आलोचना समेत गरिरहेका छन् ।

यता नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले भने सडक निर्माण गर्नको नगरपालिका बाट ९ लाख बजेट विनियोजन गरेको भएपनि वडा कार्यालयले ५ लाख सडक निर्माणमा र ४ लाख रकम सडक सरसफाईमा खर्चगर्ने निर्णय गरेको बताउनु भयो । नगरप्रमुख धामीले डिजेल मात्रै उपभोक्ता समितिले व्यहोर्ने गरी उक्त सडक निर्माणका लागि नगरपालिकाले स्काइभेटर उपलब्ध गराएको बताउनु भयो । उहाँले आफुहरुले सडक निर्माण गर्नको लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताउदै घरपरिवार बाट रकम उठाउन आवस्यक नरहेको बताउनु भयो ।

janahit ma jari sandesh
Masta R.M
Loading...