बुङ्गल नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि दरबन्दी मिलान गर्दै !
बझाङ । बुङ्गल नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि शिक्षक दरबन्दी मिलान गर्ने भएको छ । नगरपालिकाको शैक्षिक कार्यक्रमअन्तर्गत शिक्षक दरबन्दी मिलान गर्न लागेको हो ।
शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ३ करोड ५० लाख वजेट विनियोजन गरेको छ । नगरपालिकाले शिक्षकलाई तालिम, दरबन्दी मिलान, तलव, पाठ्यपुस्तक निमार्णलगायतका कार्यक्रम गर्न लागिरहेको शिक्षा शाखा अधिकृत देवराज जोशीले बताए । नगरपालिका भित्रका कुनै विद्यालयमा बिद्यार्थी संख्या कम र शिक्षक आवस्कता भन्दा बढी रहेको पाइएकाले आवस्यकता अनुसार शिक्षक खरबन्दी मिलान गर्न लागेको जोशीको भनाई छ ।
नगरपालिकाले विनियोजन गरेको बजेटमा करिब १ करोड रुपैयाँ विविध कार्यक्रम, १ करोड रुपैयाँ निजी स्रोतका शिक्षक व्यवस्थापन तथा संघीय शसर्त अनुदानबाट शिक्षकका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको उहाँले बताउनु बताउनुभयो।