धौलिदेबी स्मृति समाजका फाउण्डर कुवंर द्वारा बुंगलका खेलाडीलाई ‘ट्रयाकसुट’ वितरण

Image

सुरेश धामी , बझाङ । धौलिदेबी स्मृति समाजका फाउन्डर तथा कुवंर लिकर्स एण्ड सप्लायर्सका सञ्चालक समाजसेवी नरेश कुवरले बुंगल नगरपालिकाका बाट प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी ८ जना खेलाडीलाई ट्रयाक सुट वितरण गर्नुभएको छ ।

बुंगल नगरपालिका घरभई बुङ्गल खेलकुदमा सधै सहयोग गर्दै आउनु भएका शिवनगर, धनगढी बस्ने समाजसेवी कुवरले जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा बुंगल नगरपालिका बाट सहभागी भई गोल्ड मेडल जित्ने तथा बुंगल नगरपालिकाबाट प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई शुभकामना व्यक्त गर्दै एक एक जोर ट्रयाक सुट सहयोग गर्नु भएको हो ।

साथै समाजसेवी कुंवरले बुङलबाट सहभागीभई प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा गोल्ड मेडल जित्न सफल हुने प्रत्येक खेलाडीलाई १०/ १० हजार उपलब्ध गराउने घोषणा समेत गर्नु भएको छ।

समाजसेवी कुवंरलाई बुङ्गल खेलकुद विकास  समितीले  धन्यवाद व्यक्त गर्नुभएको छ ।

ट्रयाकसुट वितरण पछिको तस्वीर
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन