Jayaprithvi Municipality

बुङ्गल किन बनेन ?

रामचन्द्र जाेशी , बझाङ  । सुदुरपश्चिम प्रदेशकाे पहडी तथा हिमाली भेगमा अवस्थित बझाङ जिल्लाकाे एक स्थानीय तह हाे बुङ्गल नगरपालिका ।

संवैधानिक अधिकारमा टेकेर स्थापित स्थानीयतहकाे पहिलाे कार्यकाल समेत सकिएर दाेस्राे निर्वाचनबाट नयाँ जनप्रतिनिधि निर्वाचित भएकाे २ बर्ष बित्नलागेको  छ ।  तर, न विकासका आधारभूत संरचना बनेका छन् न स्वायत्त स्थानीय सरकारकाे आभाष आम नागरिकलाई भएकाे छ । त्याे केबल पहुँच र पैसाकाे भरमा सत्तामा पुगेर खर्च असुल्ने तथा याराना पाल्नमै सिमित छ ।

सामन्ती इतिहासकाे नयाँ स्वरूप

इतिहास देखिनै यहाँ देउलिकोट,र पिपलकोटका ठकुरी परिवारका सामन्ती राजाहरुको राज्य थियो। मानव अधिकारको कुनै कदर थिएन।देशमा प्रजातन्त्र स्थापना भएको लामो समयसम्म पनि यहाँका जनताले प्रजातन्त्रको कुनै सुगन्ध पाएका थिएनन् । २००७ सालमा राणा शासकहरूको अन्त्य भयपनि छोटेलालहरु जीवितै थिए। जुन पञ्चायतकाे स्वरूपमा आयाे । गाउँ-गाउँमा पञ्चका प्रधान र सामन्ती मुखियाहरूकाे एकाधिकार जन्मियाे । तिनिहरूकाे शाेषण नभुल्दै दस वर्षे माओवादी शस्त्र जनयुद्धको संकटमा जिविका गुमराहमा पर्याे ।

कयौं विकासका संरचनाहरू भत्किए । जलाईए। ताेडफाेड गरिए र बाँकी अघीकाे बाटाे बन्द भयाे । त्यसपछिका समयमा गणतान्त्रिक लाेकतन्त्रात्मक व्यवस्थाकाे नाममा राजनीति गर्नेहरू नयाँ सामन्तीकाे रूपमा देखिएका छन् ।उनीहरूकाे जीवनमा रूपान्तरण आएपनि वास्तविक नागरिकको दैनिक समस्या भने जहाँकाे त्यही छन् ।

प्रभावशाली नेता, कर्मचारी र राष्ट्र सेवकहरू जन्माए पनि याे ठाउँ जहाँकाे त्यही छ । न कसैलाई चाँसाे न चिन्ता । जीवनकाे गर्जाे टार्न प्रत्येक घरबाट एक-एक जना विदेशिनु पर्ने बाध्यता छ । वैदेशिक राेजगारीमा गएर सीप र पैसा आर्जन गरेकाहरू पनि कुनै नयाँ व्यवसाय,उद्याेगधन्दा लगायत राेजगारी सिर्जना गर्ने कामहरू गर्न तयार छैनन् ।

याे समस्या उनीहरूकाे मात्रै हाेइन् यहाँका नेता र पालिका चलाउने हुल्लडबाजहरू प्रमुख दाेषी हुन् । न कुनै व्यवसायी सीप र उद्याेधन्दा विकासका नीतिहरू बने न अवस्था नै रूपान्तरण भयाे । पालिकाले चाहेमा विदेशबाट सीप र पैसा कमाएर आएकाहरूकाे सक्षमता सदुपयाेग गर्न सक्थ्यो । जसले यहाँकाे आर्थिक विकास र राेजगारी सिर्जनामा महत्त्वपूर्ण टेकाेकाे भूमिका खेल्थ्याे ।
तर, नागरिकले तिरेकाे करबाट माथिल्लाे सरकारले पठाएको बजेट पचाउनमै समय सक्कियाे ।

कहाँ छ स्थानीय सरकार र विकास ?

भाैगाेलिक रूपमा जटिल संरचना भएपनि पालिकामा एउटा संरचना गतिलाे बनाइएकाे छैन् । प्रमुख बजार मानिने बिजगडामा पक्की संरचना कमजाेर छन् । न बजार व्यवस्थापन छ न सरसफाइ नै । पवित्र मानिने शुद्व नदि र खाेलामा ढल मिसाएर अस्तव्यस्त बनाइएकाे छ ।
२०७० सालमा जीआईजेड संस्थाले निर्माण गरेकाे बाग्थला- विजगडा सडक पक्की बन्न सकेकाे छैन् । अन्य ठाउँमा स्काभेटर चलाएर ठेकेदार र उपभोक्ता समितिका नाईकेकाे फाईदाका लागि बनजंगल र खेतीयोग्य जमिन सखाप बनाईएकाे छ । साेही कारण बाढि पहिराे र खेतीयोग्य जमिन कटान बर्सेनि बढ्दाे छ ।

यसकाे प्रमुख दाेषि भनेकाे स्थानिय सरकार नै हाे । न बन संरक्षण गर्ने कुनै नीति छ न काम खुलम खुल्ला जंगल नष्ट बनाउँदा समेत राजनीति छहारीमा बस्न पल्केकाहरू हेरेर बस्छन् । उनीहरूकाे एउटै उदेश्य राजनीति गर्दै कमाउदै सुगम ठाउँतिर बसाइँसराइ सार्नु मात्र हाे । त्याे विगत देखि अहिलेसम्मका उनीहरूका कर्म र घटनाले देखाउँछ ।

राजनीतिका लागि मात्रै बुङ्गल भित्रीनेहरुको अहिले होडबाजी चलिरहेको छ। सोझा जनता र अझै चेतनाको अभाव रहेका यहँका बुद्धिजीवीहरु छन।जो गलतलाई गलत हो भनेर पनि भन्न सक्दैनन् कारण डर,त्रास,नातावाद,कृपावाद यहाँ अहिलेका नव सामन्तीहरुको बर्चस्व एकदमै ठुलो रहेको छ। उनीहरुको चारैतिर राजनीतिक कब्जा र बहुल हुनाले उनीहरुले जे गर्दापनि जनता सहि नै हो भन्न बाध्य छन।
इतिहास देखिनै शोशक,सामन्तीहरुको  दासत्वबाट गुज्रिएको बुंङगलले अहिलेपनि शोषकहरुको पंन्जाबाट मुक्ति पाएको छैन। विकासको थालनी गर्ने हो भने सम्भावना प्रसस्त छन्।जलश्रोत,बन,कृषि योग्य जमिन,रमणीय मनोहक आस्चर्यले भरिभराउ रहेका प्रयटकीय स्थलहरु, जडिबुटीहरु,खोलानाला कालङ्गा नदिबाट ठुलो मात्रामा विदुत निकाल्ने काम सम्पन्न भएको छ ।

अहिले साे परियाेजनाले गर्दा मात्रै बुङ्गल भित्रका शाखा रोडहरु चलिरहेकाे छ । यसअघि स्थानीय सरकारकाे पाँच वर्ष भजनमण्डलीमै सकिएकाे थियाे । फेरि नयाँ जनप्रतिनिधिबाट पनि साेही प्रवृर्ति दाेहाेरिने प्रष्ट संकेत भइसकेकाे छ । न एउटा एक्सरे गर्ने मेसिन छ न माेबाईल नेटवर्किङ नै चल्छ ।पालिकाले आफ्नै भवन निर्माण गर्न नसक्नु अर्काे दुखद कुरा हाे ।

मासिक १ लाख रूपैयाँ भाडा तिरेर कार्यालय चलिरहेकाे छ । लाखौंका सवारीमा जनप्रतिनिधि हुईकिन्छन् । तर, जनतालाई बिरामी भए सिटामाेल पाउने अवस्था छैन् । यति कमजाेर पूर्वाधार र सामन्त राजनीतिकाे हामीले कहिलेसम्म सिकार हुने ? यहीँ हाे गाउँ-गाउँमा सिंहदरबार ? राेजगारी, शिक्षा,स्वास्थकाे अभावमा जिविका कति कष्टकर बनेकाे छ भन्ने कसरी थाहा हुन्छ, बुङ्गललाई कमाउने ब्याटल बनाएर धनगढी,काठमाडौंका महलमा रमाउने सामन्तीहरूलाई ? त्यसैले अब ढिला भईसकेकाे छ । सबै युवा मिलेर बिद्रोह गराैं । याे शाेषण र दमन सहेर नबसाैं ।

रामचन्द्र जोशी ,स्थानीय युवा तथा सामाजिक संजाल प्रर्योगकर्ता हुन् । उहाँ समसामयिक बिषयमा  समाजिक संजाल मार्फत सम्बन्धित निकायलाई घचघच्याउनु हुन्छ ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...