माओवादी केन्द्र नगर कमिटी सचिव जोशीले दिए स्वर्ण विजेता खेलाडीलाई जनही एक हजार पुरस्कार !

बझाङ । नेकपा माओवादी केन्द्रका बुङ्गल नगर कमिटी सचिव  हेमन्तराज जोशीले केदारस्युँ गाउँपालिकाको झोतामा सम्पन्न   १४ औं राष्ट्रपतिरनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि  जितेका बुंगल नगरपालिकाका विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको छ ।

सचिव जोशीले स्वर्ण पदक बिजेता खेलाडीलाई जनही १ हजार र अन्य रजत र काँस्य पदक विजेता सबै  खेलाडीलाई रु ५०० पुरस्कार वितरण गर्नुभएको हो । साथै उहाँले विजेता खेलाडीहरुलाई धन्यवाद तथा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

Loading...