सुरेश धामी ,बझाङ । बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेतालाई जनही १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
केदारस्युँ गाउँपालिकाको झोतामा सम्पन्न १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेका बुंगल नगरपालिकाका विद्यार्थी खेलाडीहरुलाई सोमबार धन्यवाद तथा सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख धामीले सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाएर स्वर्ण पदक हातपार्ने नगरपालिका भित्रका खेलाडीलाई जनही १० हजार ,रजक पदक विजेतालाई जनही ५ हजार र काँस्य पदक विजेतालाई जनही रु ३ हजार पुरस्कार दिने घोषणा गर्नुभएको हो ।
नगरप्रमुख धामीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता प्रत्येक खेलाडीलाई जनही ३ हजारका दरले पुरस्कार समित वितरण गर्नुभएको छ ।
त्यस्तै नगरप्रमुख धामीले विजेता खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै खेलकुद विकासका लागि आफुले गर्नुपर्ने सहयोगमा कुनै पनि कसर बाकी नराख्ने र नगरपालिका भित्र राम्रो खेलमैदानको व्यवस्था मिलाएर आगामी वर्ष हुने १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पनि बुंगल नगरपालिकामै सञ्चालन गर्नको लागि पहलगर्ने पनि बताउनु भयो ।