कालंगा हाइड्रोले सेयर निष्कासन गर्दै,क्यापिटल र हाइड्रो बीच सेयर प्रत्याभुति गर्ने सम्झौता

बझाङ । बझाङमा संचालित कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँका दरले ४९ करोडको सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको ४९ लाख कित्ता सेयरमध्ये ३४ लाख ९० हजार कित्ता सेयरको प्रत्याभूति ज्योति क्यापिटल लिमिटेडले गर्ने भएको छ । बिहिबार क्यापिटल र हाइड्रो पावर कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र कम्पनीका तर्फबाट सञ्चालक तीर्थराज चटौतले हस्ताक्षर गरे । ज्योति विकास बैंकको सहायक कम्पनीको रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ ।

हरेक ग्राहकहरूको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...