बझाङमा ट्राफिक उज्यालो अभियान संचालन !

Image

बझाङ । बझाङमा ट्राफिक उज्यालो अभियान संचालन गरिएको छ । समुदाय–प्रहरी साझेदारी’ अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालक,सहचालक, स्कुल, कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले विशेष ट्राफिक उज्यालो अभियान कार्यक्रम संचालन गरेको छ । ट्राफिक व्यवस्थापनलाई सहज बनाउन र दुर्घटना न्यूूनीकरण गर्न अभियान सुरु गरिएको हो।

ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुर्‍याउने, सडक अनुशासनको विषयलाई संस्कारका रूपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले अभियान सुरु गरेको जिल्ला ट्रफिक कार्यालय बझाङका प्रमुख पुष्कर सिंह बिष्टले बताउनु भयो।

यस अभियानको शुरुमा आज जयपृथ्वी नगरपालिकाको सत्यवादि माध्यामिक विद्यालयका विद्यार्थीलाई विद्यालयमै गएर ट्राफिक नियम सम्बन्धि सचेतना कक्षा दिईको छ । यो अभियानलाई अब जिल्लाका सबै विद्यालय सार्वजनिक स्थिल लगाएतका ठाउँहरुमा पनि संचालन गरीने जिल्ला ट्राफिक कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन