नेकपा एमाले बझाङको ८ औ अधिवेशन फागुनमा हुने

बझाङ । मौसममा आएको परिवर्तन संगै भएको हिमपात र बर्षाका कारण स्थगित भएको नेकपा एमाले बझाङको ८ औ अधिवेशन फागुनमा हुने भएको छ ।

पार्टी कार्यालय पानकोटमा बसेको जिल्ला कमिटिको बैठकले अधिवेशनको नयाँ मिति तय गरेको छ । यसअघि माग १९ र २० गतेका लागी तय भएको अधिवेशन प्रतिकुल मौसमका कारण स्थगित भएको थियो । नेकपा एमाले जिल्ला कमिटि बझाङले एक सुचना जारी गर्दै अबिधेशन फागुन २ र ३ गते हुने जनाएको छ । नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटिका अध्यक्ष र प्रमुख अतिथिको परामर्शमा अधिवेशन फागुन २ र ३ गते गर्ने निर्णय गरेको नेकपा एमाले बझाङका सचिव आनन्दलाल बिकले जानकारी दिनुभयो ।

Bungal Purai
Bithadchir 2
Loading...