सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

Image

बझाङ । बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्ग अन्तरगत जयपृथ्वी नगरपालिका ७ माल्लालाग्ने भिर नजिकै सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो।

आज दिउँसो ३ बजेको समयमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । अहिले पहिरो पन्छ्याउन जेसिवि परिचालन गरिएको भएपनि पहिरो ठुलो भएकाले तत्काल बाटो खुल्ने सम्भावना छैन । उक्त स्थानमा गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पका कारण सुक्का पहिरो समेत खसेको थियो । त्यसपछि लगातार जसो सडकमा ढुङ्गा खसिरहने र यात्रा गर्न पनि कठिन रहेको थियो । आज लामो समयपछि परेको पानीका कारण जमिन भिजेपछि ढुङ्गा सहितको पहिरो खस्न सुरु भएको हो ।

अहिले राजमार्ग अवरुद्ध भएपछि चैनपुर देखि बाहिर जाने र बाहिर जिल्ला तथा अन्य क्षेत्रबाट चैनपुर भित्रिने सवारी साधनहरु ठप्प भएका छन् । गन्तव्यमा हिडेका यात्रुहरु चिसो समयमा अलपत्र परेका छन् ।

पहिरोसँगै ठुला ठुला ढुङ्गाहरु सडकमा भएकाले जेसिविले पहिरो पन्छ्याउन नसकिने र स्काइभेटर पठाउने तयारी भइरहेकाले अहिले नै सडक खुल्ने सम्भावना नरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन